काठमाडौं । काठमाडौं क्षेत्र नं ९ बाट डा. ज्ञानु बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
आगामी निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सो क्षेत्रमा प्रतिनिधि सभातर्फ तीव्र प्रतिस्पर्धा हुने देखिएको छ ।
काठमाडौं–९ मा नेकपा एमालेबाट कृष्ण गोपाल श्रेष्ठ, गठबन्धनबाट पूर्व मन्त्री कल्पना धमला र स्वतन्त्र उम्मेदवार डा. ज्ञान बस्नेतबीच प्रतिस्पर्धा हुने भएको छ ।
पूर्व मन्त्री समेत रहेका श्रेष्ठ र पूर्व मन्त्री धमलालाई पराजित गर्ने दाउमा डा. बस्नेत लागि परेका छन् ।
बेलायतबाट कानुनमा पीएचडी गरेका बस्नेत २५ हजार मतका साथ विजयी हुने दाबी गरिरहेका छन् ।
डा. बस्नेतले लोकप्रीय चुनावी एजेण्डा प्रस्तुत गरेका छन् ।
संघीयता खारेजी, निर्वाचन प्रणालीमा व्यापक सुधार, समानुपातिक प्रणालीको खारेजी, अश्विकारको अधिकार र आफुले निर्वाचित गरेर पठाएको जनप्रतिनिधि असफल भएमा कार्यकाल सकिनु अघिनै जनताले फिर्ता बोलाउँन पाउँने अधिकारको सुनिश्चितता, आप्रबासी नेपालीहरुलाई मतदानको अधिकार, न्ययापालिका, संवैधानिक अङ्गहरु र सबै सार्बजनिक संस्थाहरुलाई राजननीतीभन्दा माथी राखिने, बिदेशनीति, कर्मचारी प्रशासन, शिक्षा, स्वास्थ्य र जनतालाई जिउँनको लागी अत्यावश्यक कुराहरुलाई दलीय राजनीती भन्दा माथी राख्ने चुनावी एजेण्डा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया