भिभोको चाडपर्व अफर : दैनिक उपहार हातमा

लोकपथ
78
Shares

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभोले नेपालीहरुको महान चाड दसैँ र तिहारलाई लक्षित गर्दै उपहार योजना ल्याएको छ । भिभोले प्रयोगकर्ताहरुको जीवनमा उत्साह र उमंग थप्न सेप्टेम्बर ८ देखि अक्टोबर ३१ तरिखसम्मका लागि “दसैँ तिहार भिभोको साथमा, दैनिक उपहार हातमा” योजना ल्याएको हो ।

भिभोले चाडपर्वको उत्साहमा सहभागी हुन र समुदाय तथा प्रयोगकर्ताहरूप्रति कृतज्ञता व्यक्त गर्न आफ्ना ग्राहकहरूलाई विभिन्न आकर्षक उपहारहरु ल्याएको थियो जसअन्तर्गत, दुई भाग्यशाली प्रयोगकर्ताहरूले भी२५ फाइभजी स्मार्टफोन जित्ने मौका पाउनेछन् ।

साथै, भिभो स्मार्टफोनको खरिदमा,हरेक हप्ता एक जनाले वाई१५सी स्मार्टफोन, हरेक दिन एक जनाले भिभो टिडब्लूएस २ई, हरेक दिन तीन जनाले एन्कर यू२आई र ४ जनाले विश्वकप फुटबल तथा ३० हजार भन्दा बढिको फोन खरिदमा ६ महिनाको थप वारेन्टी पाउन सक्नेछन् ।

योजना अन्तर्गत ४ सय भन्दाबढीले आकर्षक उपहार जित्न सक्नेछन् भने हालसम्म १ सय ५० भन्दा बढीले उपहार जितिसकेका छन् ।
योजनामार्फत भिभोले प्रयोगकर्तालाई विशेष महशुस गराउने र चाडपर्वमा उमंग थप्ने कोसिस गरेको छ ।

साथै,यस योजनामा सहभागिताको सहजता र ग्राहक सन्तुष्टि सुनिश्चित गर्न भिभोले चाडपर्वका अफरमा सहभागी हुने प्रक्रियालाईसहज बनाएको छ ।

दसैँको लक्की ड्रमा सहभागी हुनका लागि, प्रयोगकर्ताहरूले भिभो नेपालको आधिकारिक फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गर्नुपर्नेछ वा www.vivodashain.com मा गएर फारमको विवरण पेश गर्नु पर्नेछ र केही सेकेण्डमा, प्रयोगकर्ताले जितेको पुरस्कार डिस्प्ले हुन्छ ।

हालसम्म १५ हजार भन्दाबढी ग्राहकहरु यस योजनामा सहभागी भइसकेका छन् । यी आकर्षक अफरहरूयही ३१ अक्टोबरसम्म मात्र उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?