२० माघ २०७९, शुक्रवार

गठबन्धनलाई बलियो बनाऔं : पौडेल

२०७९,आश्विन,२४,सोमवार १७:१७

0
Shares

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनलाई बलियो बनाएर निर्वाचनमा जान आग्रह गरेका छन् । नेपाली कांग्रेस तनहुँको कार्यालयमा आज बसेको गठबन्धनका दलका नेताहरुको बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन अहिलेको आवश्यकता भएकाले गठबन्धनलाई बलियो बनाउनुको विकल्प नभएको बताए ।

तनहुँका चार प्रदेशसभा क्षेत्रमा गठबन्धनको घटक नेकपा (एकीकृत समाजवादी) का तर्फबाट उम्मेदवारी दर्ता भएका विषयमा पौडेलले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गरे । ‘गठबन्धन जिल्लाबाट नभई केन्द्रबाटै भएको हो, यस विषयमा विचार गरेर उम्मेदवारी फिर्ता लिनुस्’, पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै प्रदेश (क) अन्तर्गत सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) बाट हरिबहादुर चुमानले उम्मेदवारी दर्ता गराएका छन् । तनहुँका चार प्रदेशसभा क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) को पनि उम्मेदवारी परेको छ ।

यसैगरी निर्वाचनको तयारीस्वरुप तनहुँ क्षेत्र नम्बर २ मा सत्तारुढ गठबन्धनको बैठक सम्पन्न भएको छ । बैठकले गठबन्धनलाई बलियो बनाएर जनतामाझ जाने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङले जानकारी दिए ।

बैठकमा सत्तारुढ गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार शङ्कर भण्डारी, प्रदेश (क) का उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने, प्रदेश (ख) का उम्मेदवार जीतप्रकाश आले, नेपाली कांग्रेस केन्द्रीय सदस्य ध्रुव वाग्ले, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य आशा कोइरालालगायत नेताको उपस्थिति थियो ।

प्रकाशित मिति: २०७९,आश्विन,२४,सोमवार १७:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२