कोरोना अपडेट: २४ घण्टामा २७ जनामा संक्रमण पुष्टि

लोकपथ
26
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त समयमा गरिएको १ हजार ५ सय ४६ परिक्षणमध्ये आरटी पिसिआर विधिबाट २५ र एन्टीजेन विधिबाट २ जना गरि २७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा आज संक्रमणबाट कसैले पनि ज्यान गुमाएका छैनन् । त्यस्तै, कोभिड विरुद्धको खोप लगाउनेहरुको तथ्याङ्क मन्त्रालयमा प्राप्त नभएको उल्लेख गरिएको छ ।

२४ घण्टामा २६ जना कोरोना संक्रमित संक्रमण मुक्त भएका छन् भने यो सँगै देशभरमा कोरोनाका सक्रिय संक्रमितको संख्या ५ सय ६९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?