रुपन्देही ५ मा एमालेका बासुदेव घिमिरेले पाए आधिकारिकता

लोकपथ
112
Shares

काठमाडौं । रुपन्देही क्षेत्र नम्बर ५ मा एमालेका दुई उम्मेदवारमध्ये बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् । राष्ट्रिय सभाबाट राजीनामा दिएर उम्मेदवार बनेका खिमलाल भट्टराईले आधिकारिकता पाउन सकेनन् ।

घिमिरेले एमालेको पत्रबाट भट्टराईले भन्दा पहिला मनोनयन दर्ता गराएको आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनैलाई मान्यता दिएको हो । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने निर्वाचन निर्देशिका २०७८ मा प्रष्ट रुपमा उल्लेख गरिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।

निर्वाचन ऐन तथा निर्देशिका अनुसार पहिलो पटक दर्ता भएका घिमिरेलाई आधिकारिता प्रदान गरिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?