अर्घाखाँचीका गठबन्धनका उम्मेदवारको दाबी : समृद्धिका लागि हामीले नै जित्नुपर्छ

लोकपथ
65
Shares

अर्घाखाँची । सत्तारुढ गठबन्धनबाट अर्घाखाँचीमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूले समृद्ध नेपालका लागि आफुहरूले जित्नुपर्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले अर्घाखाँचीमा उम्मेदवार दिएका गठबन्धनका उम्मेदवारहरूबीच गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले गणतन्त्र र प्राप्त अधिकारको रक्षाको लागि आफूहरूले जित्नैपर्ने बताएका हुन् ।

कार्यक्रममा गठबन्धनका तर्फबाट संघीय संसदको उम्मेदवार पुष्पा भुसालले आफुहरू जितको नजिक रहेको भन्दै संविधान रक्षाको लागि पनि आफूहरूले जित्नैपर्ने दाबी गरिन् ।

कार्यक्रममा प्रदेश (क) का उम्मेदवार ठाकुर कुमार विक र प्रदेश (ख) का उम्मेदवार कमल प्रसाद भुसालले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेसी अधिकार, भ्रष्टाचारमुक्त समाज, मुलुकको समृद्धि तथा सुशासन पर्यटन तथा प्रवर्द्धनको विकाश, बेरोजगारी अन्त्यको लागि आफूहरुको उम्मेदवारी भएको उल्लेख गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?