मुगुमा पहिरोले घर भत्काउँदा ८ जनाको मृत्यु १२ जना बेपत्ता

लोकपथ
91
Shares

काठमाडौं । मुगुमा पहिरोले घर भत्काउँदा ८ जनाको मृत्यु भएको छ । छायाँनाथ रारा नगरपालिकाको वडा नम्बर ११ स्थित सालिम भन्ने ठाउँमा मानबहादुर कुमाइको घर भत्किँदा १२ जना बेपत्ता भएको नगर उपप्रमुख इश्वर्य मल्लले लोकपथलाई जानकारी दिइन् ।

केही दिन यताको निरन्तर वर्षाका कारण मुगुका ठाउँठाउँमा पहिरो र बाढीले सडकसञ्जालका साथै सञ्चार सेवा समेत अवरुद्ध भएको थियो । ‘भर्खरै मोवाइलमा नेटवर्क आएर हामीले खबर पायौँ घटना शनिबार राती नै घटेको रहेछ,’ उनले लोकपथसँग भनिन्, ‘अहिले नगरपालिकाको बैठक बसिरहेका छौं तुरुन्तै राहर त उद्धारमा खटिनेछौँ ।’

तर, घटनास्थलसम्म पुग्नका लागि निकै कठिन रहेको उनले बताइन् । ‘पुलपुलेसा बाटा घाटा सबै भत्किएका छन्,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?