काठमाडौं । बागलुङ क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गरेपछि उम्मेदवारहरुबीच मित्रवत प्रतिष्पर्धाको बारेमा छलफल गरेका छन् ।
आइतबार बागलुङ–१ मा गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेकपा एमालेबाट सुर्य पाठकले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यससँगै केसी र पाठकबीच आगामी निर्वाचनका विषयमा छलफल भएको छ ।
दुवै प्रतिष्पर्धी भए पनि एक अर्कामा सौहार्द वातावरणमा केसी र पाठकबीच छलफल भएको हो ।
सामाजिक सञ्जालमा लेख्दै पाठकले राष्ट्रिय राजनीति, आसन्न निर्वाचन र मित्रवत प्रतिष्पर्धाका विषयमा छलफल गरेको जानकारी दिएका छन् ।
एनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मुलुकको राष्ट्रिय राजनीति , आसन्न निर्वाचन , मित्रवत प्रतिस्पर्धा लगायत बिषयमा गठबन्धनका उम्मेदवार आदरणिय चित्र बहादुर के सी ज्यु सित छलफल गर्दै । समय दिनुभएकोमा धन्यवाद।’
उम्मेदवारी दर्तापछि दुवै पक्षका उम्मेदवारबीच बोलचाल समेत नहुने गरेको अवस्थामा प्रतिष्पर्धीबीच सौहार्दपूर्ण वातावरणमा भेटघाट हुनुलाई सकारात्मक रुपमा हेरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया