महोत्तरीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

लोकपथ
13
Shares

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ मिलनचोकमा हिजो बेलुकी मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय चेत प्रसाद प्याकुरेल रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारका क्रममा जानकी मेडिकल अस्पताल रमदैया धनुषामा मृत्यु भएको हो ।

सामान्य घाइते भएका मोटरसाइकलमा पछाडी सवार सोही नगरपालिका–४ का २५ वर्षीय रोषण सिंहको शुभस्वतीक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ ।

गौशालाबाट माईस्थानतर्फ जाँदै गरेको बा ८७ प ९६७ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेका प्याकुरेललाई ठक्कर दिएर पल्टिएको थियो ।

मोटरसाइकल चालक फरार भएकोले खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?