२० माघ २०७९, शुक्रवार

उम्मेदवारको विरुद्धमा उजुरी परे के गर्ने ?

२०७९,आश्विन,२४,सोमवार ११:५२

36
Shares

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवारी मनोनयन गर्ने विरुद्ध आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दर्ता गर्न सकिनेछ ।

निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृत समक्ष उक्त समयमा प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूचि–१६ बमोजिम उजुरी दिन सकिनेछ । उम्मेदवारको योग्यताको सम्बन्धमा कुनै उम्मेदवार वा निजको प्रतिनिधिले उजुरी दिन सक्नेछन् ।

कसैले उजुरी दिएमा निर्वाचन अधिकृतले सो उजुरी प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची–१७ बमोजिमको दर्ता किताबमा दर्ता गरी निर्देशिकाको अनुसूची–१८ बमोजिमको भर्पाइ सम्बन्धित उजुरीकर्तालाई दिनु पर्नेछ ।

निर्वाचन अधिकृतले निर्वाचन कार्यक्रम बमोजिम उम्मेदवारको विरोधमा उजुरी गर्ने म्याद समाप्त भएपछि सो म्याद भित्र दर्ता हुन आएका उजुरीको विवरण उक्त निर्देशिकाको अनुसूची–१९ बमोजिम तयार गरी आफ्नो कार्यालयमा प्रकाशन गर्नु पर्नेछ ।

यसरी प्रकाशन गरिने सूचनामा जसका विरुद्ध उजुरी परेको हो सो पक्षले सो सूचनामा तोकिएको समयमा प्रमाण सहित उपस्थित हुनु पर्ने व्यहोरा समेत उल्लेख गर्नु पर्नेछ । यसरी सूचना प्रकाशन भएपछि सम्बन्धित उम्मेदवारले सोको सूचना पाएको मानिनेछ ।

प्रकाशित मिति: २०७९,आश्विन,२४,सोमवार ११:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२