काठमाडौं । कालिकोटमा शव जलाउने क्रममा पहिरोमा पुरिएर १३ जना मलामी बेपत्ता भएका छन् ।
कालिकोटको तिलागुफा नगरपालिकाको राँचुली भन्ने स्थानमा सो घटना भएको नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले लोकपथलाई जानकारी दिए ।
उनका अनुसार सोही स्थानका खेमराज शाहीको शव अन्त्येष्टीका लागि स्थानीय नदीमा गएका थिए । दागबत्ती दिने क्रममा माथिबाट पहिरो आइ सबै नदीमा परि बेपत्ता भएको उपप्रमुख शाहीले बताए ।
‘शनिबार सोही स्थानका खेमराज शाही निधन भएको थियो । आइतबार बिहान (हिजो) शव जलाउने क्रममा माथिबाट पहिरो आएर १३ जनालाई पुरेको हो ।’ उनले भने ।
जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी परिचालन भइ शवहरुको खोजी कार्य भइरहेको उनले बताए । अहिले पनि निरन्तर पानी परिरहेको र सो स्थानमा अन्य बासिन्दाहरुलाई समेत विद्यालयमा राखी सुरक्षित स्थानमा राख्न लागिएको छ ।
‘प्रहरी परिचालन गरी हराएकाहरुको खोजीकार्य भइरहेको छ ।’ उनले भने, ‘निरन्तर पानी परिरहेको र जोखिमका कारण अन्यलाई समेत सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।’
बेपत्ता हुनेहरुको नामवली यस्तो छ :
परबहादुर शाही (वडाध्यक्ष)
प्रशान्त शाही
नरेश शाही
मोतिलाल शाही
छत्र शाही
धनबहादुर शाही
धन शाही
बलि शाही
कालिबहादुर शाही
प्रशिद्ध शाही (वडाध्यक्ष)
भेषबहादुर शाही
खगेन्द्र शाही
मनबहादुर शाही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया