काठमाडौं । गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दर्ता गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छलफल थालेका छन् ।
आइतबार दिँउसो उम्मेदवारी दर्ता गरेका प्रचण्डले सोमबार बिहानै पार्टी र गठबन्धनका जिल्ला नेताहरुसँग छलफल थालेका हुन् ।
२०६४ देखि यता निरन्तर निर्वाचन क्षेत्र परिवर्तन गर्दै लडेका प्रचण्डले यसअघि चितवन–३ बाट निर्वाचन जितेका थिए । तर आगामी निर्वाचनमा चितवनमा थप सहज नदेखेपछि गोरखा पुगेका उनलाई गठबन्धनमा आवद्ध अन्य दलको समेत साथ रहँदा चुनाव जित्न सकिने धेरैको आंकलन रहेको छ ।

अघिल्लो निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन जितेको क्षेत्र हो । बाबुराम चुनाव नलड्ने भएसँगै प्रचण्डलाई सो ठाउँ सुरक्षित भएको हो । यता अघिल्लो निर्वाचनमा बाबुरामसँग हार व्यहोरेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभाको सदस्य रहेका कारण चुनावी प्रतिष्पर्धामा छैनन् । अघिल्लो निर्वाचनमा जित्ने र हार्ने दुवैलाई दायाबाँया राखेर गोरखा पुगेका प्रचण्डले भेटघाट र छलफलमा समेत दुवै नेताहरुलाई साथमा राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया