सन्दीपलाई म्याद थपका लागि जिल्ला अदालत लगियाे

लोकपथ
156
Shares

काठमाडौं । नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

म्याद थपका लागि अदालत लैजान लागिएको हो । यसअघि दसैँ बिदाका कारण अदालत बन्द रहेकाले उनीमाथि अनुसन्धान हुन सकेको थिएन  । कतारको दोहाबाट बिहीवार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको थियो ।

१७ वर्षीया एक किशोरीले बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?