२० माघ २०७९, शुक्रवार

प्रतिनिधि सभा निर्वाचन : लमजुङमा १३ जनाको मनोनयन दर्ता

२०७९,आश्विन,२४,सोमवार १०:२१

54
Shares

लमजुङ । मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि लमजुङबाट स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसहित १३ जनाले मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचनका लागि नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङको उम्मेदारी परेको छ ।

राप्रपा नेपालबाट टकबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी बाट धर्मराज केसी, आमुल परिवर्तन मसिह पार्टीबाट नन्दजंङ गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट राजेन्द्र प्रसाद प्रजापतीले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी नेपाली कांग्रेस विपीबाट डा.लक्ष्मीकान्त पौडेल, मंगोल नेसनल अर्गनाईजेशन पार्टीबाट बिकास गुरुङ, राप्रपा बाट बालचन्द्र श्रेष्ठ, जनता समाजवादी पार्टीबाट नरेन्द्र बहादुर गुरुङको उम्मेदारी परेको छ भने स्वतन्त्रबाट चन्दन बस्याल, प्रकाश जोशीको उम्मेदारी परेको छ ।

त्यसैगरी प्रदेश सभा क तर्फ नेकपा एमालेका जमिन्द्रमान घले, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुङका सभापति डा टकराज गुरुङ, नेपाली कांग्रेस विपी बाट खुशीमाया गुरुङ, अस्मिता, राप्रपाबाट अप्सरा शाह, जनता समाजबादी पार्टीबाट सरस्वती गुरुङ र मंगोल नेसनल अर्गनाईजेन पार्टीबाट बिर्खबहादुर तामाङको उम्मेदारी परेको छ ।

त्यसैगरी प्रदेश सभा ख तर्फ नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी, गठबन्धनका तर्फबाट नेपाली कांग्रेस लमजुलका निर्वमान सभापति भेषबहादुर पौडेलको उम्मेदारी परेको छ ।

त्यसैगरी सोही निर्वाचन क्षेत्रमा हाम्रो नेपाली पार्टीबाट विमल घिमीरे, राप्रपाबाट ततबहादुर गुरुङ, जनता समाजबादी पार्टीबाट युवराज दुरा, मंगोल नेसनलन अर्गनाईजेन पार्टीबाट राज गुरुङ, नेपाली काँग्रेस विपीबाट नवराज बसौलाको उम्मेदारी परेको छ ।

प्रकाशित मिति: २०७९,आश्विन,२४,सोमवार १०:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतमा यातायात सुरक्षासम्बन्धी आवश्यक सुरक्षा मापदण्ड संशोधन गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ ।

रुपन्देही । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट रकमान्तर गर्ने परिपाटी आगामी आर्थिक वर्षदेखि पूर्णरूपमा रोक्ने गरी बजेट नीति तथा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले पार्टीको दशौँ महाधिवेशनका दस्तावेज र सङ्ग्रहणीय गतिविधि समेटेर स्मारिका प्रकाशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल क्रिकेट संघ (क्यान) ले बलात्कार जस्तो गम्भीर अभियोगमा अदालतमा मुद्दा विचाराधीन भएको

ताजा समाचार

विदेशीन लागेका १२ महिलाको उद्धार
 २०७९,माघ,२०,शुक्रवार २०:३२