लमजुङ । हिमाली जिल्ला मनाङमा प्रदेशसभा र प्रतिनिधि सभामा गरी प्रत्यक्षतर्फ ९ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
जिल्लाका एक प्रतिनिधि सभा तथा दुई प्रदेशसभा निर्वाचन क्षेत्रका लागि आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनमा तीन हजार २८१ पुरुष र तीन हजार ४९८ जना महिला गरी कुल ६ हजार ७७९ मतदाताले आ–आफ्नो मताधिकारको प्रयोग गर्ने जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधि सभामा एमालेका पोल्देन छोपाङ गुरुङ, कांग्रेसका टेकबहादुर गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका मुखिया गुरुङले उम्मेदवारी दिएका छन् । प्रदेश सभा ‘क’ मा भने एमालेका राजन गुरुङ, गठबन्धनको समर्थनमा माओवादीका कपिल लामा , कांग्रेसका मुनिन्द्रजङ गुरुङ र राप्रपाका मिथेल डेन्डु लामाको उम्मेद्वारी परेको छ ।
त्यसैगरी प्रदेश सभा ‘ख’ मा भने गठबन्धनको समर्थनमा राजिव गुरुङ र एमालेको समर्थनमा दोर्जे लामा गुरुङको स्वतन्त्र उम्मेद्वारी परेको छ ।
गठबन्धनको समर्थनमा उम्मेदवारी–राजीव गुरुङ
सत्ता गठबन्धनको प्रदेश सरकारमा रहेका राजीव गुरुङ (दीपक मनाङे) ले गठबन्धनको समर्थनमा मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया