काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीको महानवमीको दिन बिहान झापा जाने भएका छन् ।
चन्द्रगढी स्थित झापा जिल्ला समन्वय समितिको भवनमा जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्ण महोत्सव स्मारिका विमोचनका लागि ओली झापा जान लागेका हुन् । उनी सोही दिन अपरान्ह काठमाडौं फिर्ता हुनेछन् ।
असोज २ गते, शुक्रवार, दशमीको दिन प्रधानमन्त्रीद्वारा पिता मोहन प्रसाद ओलीको हातबाट टिका ग्रहण गर्नेछन् । त्यस दिन नै विहान १०:०० पछि प्रधानमन्त्रीले सचिवालयका सदस्यहरुलाई टिका लगाइदिने भएका छन् ।
दिउँसो १:०० प्रधानमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट टिका ग्रहणगर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै दिउँसो २ः०० प्रधानमन्त्री ओलीले मन्त्री, सांसद, पार्टी नेता तथा निजामति एवं सुरक्षासँग सम्बध्द उच्चपदस्थ राष्ट्रसेवक–कर्मचारीतथा सुरक्षाकर्मीहरुलाई टिका लगाइदिने छन् । साँझ ६ः०० बजेदेखि परिवारका सदस्यहरुले प्रधानमन्त्रीबाट टिका ग्रहण गर्ने छन् ।
एकादशी अर्थात असोज ३ गतेदेखि चतुर्दशी कार्तिक ६ गतेसम्म विहान ९ः०० देखि ११:०० सम्म कार्यकर्ताहरु र शुभचिन्तकहरुलाई टिका लगाइदिने तालिका तय गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया