मनोनयन दर्तापछि गगनले भने- ‘ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने हो’

लोकपथ
119
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनपछि आफैँ ड्राइभिङ सिटमा बसेर मुलुक हाँक्ने बताएका छन् ।

आईतवार काठमाडौं क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएलगत्तै उनले सञ्चारकर्मीमाझ यस्तो भनाइ राखेका हुन्। त्यसका लागि आफूसँग आवश्यक अनुभव, सपना र जोश सबै रहेको महामन्त्री थापाको भनाइ थियो ।

महामन्त्री थापाले अवको निर्वाचन पछि पार्टीको मुल जिम्मेवारी लिन प्रयास गर्ने पनि बताए। आफूले प्राप्त गरेको अनुभवको आधारमा सरकारको जिम्मेवारी सम्हाल्न आफू क्रियाशील हुने उनले बताए। महामन्त्री थापाले काठमाडौं क्षेत्र नम्बर ४ ले आफूलाई सम्मान र पहिचान दुवै दिएकाले पनि सोही क्षेत्रबाट निर्वाचन लडन लागेको पटकपटक दोहोर्याए।

उनले भने, ‘पार्टीको पनि मूल जिम्मेवारी लिनुपर्छ । र, मेरो प्रयत्न त अब यहाँसम्म नेपालका राजनीतिक दलहरुले ल्याउनु भएकोमा उहाँहरुलाई धन्यवाद दिँदै, उहाँहरुलाई आभार प्रकट गर्दै अब ड्राईभिङ सिटमा आफैं बसेर अब यो भन्दा अगाडिको पाँच वर्षको निम्ति आफैँ मुल ड्राइभिङ सिटमा बस्ने प्रयत्न गर्ने हो । आफ्नो कर्म गर्ने हो, त्यसले फल कस्तो दिन्छ ? त्यो समयले बताउला । तर मेरो आफ्नो उम्मेदवारी यहाँबाट निर्वाचित भएर गएपछि मैले सांसदको रुपमा गर्ने अरु जिम्मेवारी छदैछ । मैले यो पटक नेपालको सरकारको
जिम्मेवारी सम्हाल्ने गरी काम गर्ने प्रयत्न गर्छु । किनकी मलाई अब त्यसका निम्ति चाहिने अनुभव भयो । त्यसका निम्ति चाहिने सपना म सँग छ । जोस मसँग छ। चाहिएको अनुभव पनि मैले प्राप्त गरेको छु । यसको आधारमा मैले काम गर्ने प्रयास गर्छु ।’

महामन्त्री थापाले सांसदको रुपमा आफू त्यस क्षेत्रको विकासमा सधैँ लागि परेको दाबीसमेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?