प्रतिनिधि पठाएर इलाम–१ बाट झलनाथले गराए उम्मेदवारी दर्ता

लोकपथ
42
Shares

इलाम । इलाम प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले मनोनयन दर्ता गराएका छन् ।

खनालको अनुपस्थितिमा एकीकृत समाजवादीका प्रतिनिधि दीपक पौडेलले मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै सोही क्षेत्रमा नेकपा (एमाले) का तर्फबाट जिल्ला अध्यक्ष महेश बस्नेतले मनोनयन गर्दा गराएका छन् । सोही क्षेत्रमा स्वतन्त्रको तर्फबाट विक्रम पाण्डेले समेत मनोनयन दर्ता गराएका छन् ।

प्रदेशसभातर्फ गठबन्धनको तर्फबाट ९क० मा खिनु लङ्वाले मनोनयन दर्ता गराएका छन् । एकीकृत समाजवादीबाट उनले दोस्रो कार्यकालका लागि मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रदेशसभा सभापति शम्शेर राईले मनोनयन दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?