काठमाडौं । रसुवामा नेपाली कांग्रेसका नेता मोहन आचार्यले प्रतिनिधि सभाको प्रत्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
आईतवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।
गत प्रतिनिधि सभाको निर्वाचनमा पनि नेता आचार्यले १४ हजार मत प्राप्त गरी विजयी बनेका थिए । उनले नेकपा एमालेका नेता जनार्दन ढकाललाई पराजित गरेर वि.सं. २०७४ सालमा निर्वाचन जितेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया