सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतविरुद्ध बद्री चौलागाईंले दिए बागी उम्मेदवारी

लोकपथ
767
Shares

काठमाडौं । सिन्धुपाल्चोकको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका पूर्व क्षेत्रीय सभापति बद्रीप्रसाद चौलागाईंले बागी उम्मेदवारी दिएका छन् । गठबन्धनको तर्फबाट कांग्रेसका मोहनबहादुर बस्नेतलाई यस क्षेत्रमा टिकट दिएपछि असन्तुष्ट बनेका चौलागाईंले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

आफूले अतिवादको विरुद्ध पार्टीभित्रबाट विद्रोही उम्मेदवारी दिएको चौलागाईंले लोकपथलाई बताए । ‘मैले अतिवादको विरुद्ध उम्मेदवारी दिएको हुँ,’ उनले भने, ‘आफ्नो क्षेत्रमा टिकट नपाएपछि अर्को क्षेत्रमा आउने, पुस्तान्तरयण र नेतृत्व विकास नगर्ने, तीसौँ वर्ष एउटा क्षेत्रमा राज गरेर अर्को क्षेत्रमा आएको हुनाले मैले पार्टीभित्रबाटै विद्रोही उम्मेदवार बनेको हुँ ।’

May be an image of text

सिन्धुपाल्चोक २ बाट उम्मेदवार बनेका बस्नेत यसअघिको निर्वाचनमा १ बाट निर्वाचन लड्दै आएका थिए । यसपाली गठबन्धनका कारण १ नम्बर माओवादी केन्द्रको भागमा परेपछि पार्टीले उनलाई २ बाट टिकट दिएको हो । उनको उम्मेदवारीसँगै सिन्धुपाल्चोक कांग्रेसमा असन्तुष्टिका आवाजहरु बाहिरिन थालेका छन् ।

यस क्षेत्रको प्रदेश (क) मा माओवादी केन्द्रका युवराज दुलाल र (ख)मा नेपाली कांग्रेसका समिर कुमार तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?