महोत्तरी–३ बाट महन्थ ठाकुरको उम्मेदवारी दर्ता

लोकपथ
91
Shares

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रतिनिधिसभा सदस्यका लागि महोत्तरी निर्वाचन क्षेत्र ३ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आइतवार जलेश्वरस्थित निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी मनोनयन दर्ता गरेका हुन् । उनी सत्तारूढ पाँच दलीय गठबन्धनका उम्मेदवार हुन् । यसअघि ०७४ को निर्वाचनमा पनि ठाकुर यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

प्रदेश सभामा लोसपाबाट अभिराम शर्मा र रानी शर्माले उमेदवारी मनोनयन दर्ता गराएका छन् । ठाकुरविरुद्ध एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभामा हरिनारायण यादवले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?