कैलाली–२ मा अरुणकुमार चौधरीले दिए उम्मेदवारी

लोकपथ
1.3k
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता अरुणकुमार चौधरीले कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । आइतवार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दिएका हुन् ।

सोही क्षेत्रबाट प्रदेशसभातर्फ (क) मा नागरिक उन्मुक्ति पार्टीका रतनबहादुर थापा र (ख) मा रामेश्वर चौधरीले उम्मेदवारी दिएका छन् । ०७४ को निर्वाचनमा अरुणकुमार चौधरी नेपाली कांग्रेसबाट कैलाली–२ (ख) बाट प्रदेश सभामा उम्मेदवार थिए तर, त्यसबेला उनी नेकपा माओवादी केन्द्रका नन्दबहादुर साउँद (राजेन्द्र) सँग पराजित भएका थिए ।

प्रदेश सभाका उम्मेदवार रतनबहादुर थापा भने गत २०७४ को निर्वाचनमा नेकपा एमालेबाट प्रदेश सभामा निर्वाचित भएका थिए । रामेश्वर चौधरी भने पहिलो पटक प्रदेश सभातर्फ उम्मेदवार बनेका हुन् । नेताकार्यकर्ता तथा समर्थकहरुको र्‍यालीसहित प्रतिनिधि सभा र प्रदेश सभामा उनीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?