सर्लाही–२ बाट राजेन्द्र महतोले दिए उमेदवारी

लोकपथ
299
Shares

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सर्लाही निर्वाचन क्षेत्र २ बाट उमेदवारी दिएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उमेदवारी दिएका हुन् ।

सोही क्षेत्रबाट प्रदेशसभातर्फ (क) मा नेपाली कांग्रेसका जगीलाल राय र (ख) बाट लोसपाका मेथुर चौधरीले उमेदवारी दिएका छन् ।

महतो ०७४ को निर्वाचनमा तत्कालीन राजपाबाट धनुषा निर्वाचन क्षेत्र ३ बाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?