राप्रपाबाट टिकट नपाएपछि गायक श्रेष्ठले दिए स्वतन्त्र उम्मेदवारी

लोकपथ
91
Shares

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गायक सञ्जय श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । उनले काठमाडौं क्षेत्र नम्बर ६ बाट स्वतन्त्र उम्मेदवारको रूपमा आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा रहेर विभिन्न गतिविधि गर्दै आएका श्रेष्ठले पार्टीबाट टिकट नपाएपछि शनिवार मात्र राप्रपा छोडेको घोषणा गरेका थिए । श्रेष्ठले गत स्थानीय तहको चुनाव सकिने बित्तिकै राप्रपाबाट काठमाडौं ६ मा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

अन्तिम समयमा आएर उनलाई राप्रपाले टिकटमा धोका दिएको भनेर आक्रोशित हुँदै श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?