काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीले सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेता जोशीले उम्मेदवारी दर्ता गराएका हुन् ।
जोशी बझाङका अत्यन्तै लोकप्रिय कम्युनिस्ट नेता मानिन्छन् । पूर्व बनमन्त्री समेत भइसकेका जोशी २०५१ र ०६४ सालमा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
आसन्न निर्वाचनका लागि बामलोकतान्त्रिक गठबन्धनबीच तालमेल हुँदा बझाङ नेकपा एसको भागमा परेको थियो । जोशी नेकपा एसको स्थायी कमिटी सदस्यसमेत हुन् ।
सरल स्वभाव र स्वच्छ छविको परिचय बनाएका जोशी आम बझाङी जनताबीच लोकप्रिय नेता मानिन्छन् ।
यता नेकपा एमालेले ऐन महरलाई उम्मेदवार बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया