कैलाली–२ मा एमालेका झपटबहादुर रावलले गरे उम्मेदवारी दर्ता

लोकपथ
117
Shares

काठमाडौं । कैलाली क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट झपटबहादुर रावलले प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमाले नेता रावलले उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधि सभाका लागि एमाले केन्द्रीय सदस्य रावलले उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि २०७४ को निर्वाचनमा रावल क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए ।

यस्तै, कैलाली क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र (क) बाट कमला ओली र (ख) बाट एमाले कैलालीका सचिव डेजी पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । नेताकार्यकर्ता तथा समर्थकहरुको र्‍यालीसहित प्रतिनिधि सभा र प्रदेश सभामा उनीहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?