काठमाडौं । आगामी निर्वाचनमा दीपक मनाङेलाई नेकपा एमालेले समर्थन गर्ने भएको छ । २०७४ को निर्वाचनमा एमालेकै साथ पाएर गण्डकी प्रदेशको सांसद बनेका मनाङेलाई यसपाली पनि एमालेले साथ दिने भएको हो ।
उसो त मनाङेले मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) बाट उम्मेदवारी दर्ता गराउँदैछन् । जसका लागि उनी मनाङ पुगिसके ।
एमालेका एक नेताले भने, ‘मनाङेलाई एमालेले समर्थन गर्ने भएको छ । अब उम्मेदवारी दर्ताका लागि तयारी गर्र्दैछौँ ।’
०७४ को निर्वाचनमा एमालेकै समर्थनमा विजयी भएका मनाङे एमालेका उप–महासचिव पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा मन्त्रीसमेत भए । मनाङेकै कारण गुरुङ सत्ताबाट बाहिरिनुपरेको थियो भने मनाङेकै कारण गण्डकीमा कांग्रेस नेतृत्वको सरकार बनेको थियो ।
मनाङे अहिले नेपाली गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया