काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर मिश्रले काठमाडौं क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताअघि मिश्र कालिकास्थान मन्दिरमा दर्शन गर्न गर्न पुगेका थिए । मन्दिरमा दर्शन गरी आर्शिवाद लिएर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

मिश्रले अघिल्लो निर्वाचनमा विवेकशील साझा पार्टीबाट उम्मेदवार बनेका थिए । अघिल्लो निर्वाचनमा उनले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग कडा प्रतिष्पर्धा गरेका थिए । आगामी निर्वाचनमा समेत सो क्षेत्रबाट प्रकाशमानसिंह नै चुनावी मैदानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया