काठमाडौं–५ बाट ईश्वर पोखरेलले गरे उम्मेदवारी दर्ता

लोकपथ
91
Shares

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं–५ बाट उमेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले आइतवार उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि पोखरेलले आगामी मंसिर ४ मा हुने निर्वाचनमा विजयका लागि द्विविधा नरहेको बताए । उमेदवारी दर्ता गराउँदै उनले विजय निश्चित रहेको दाबी गरे ।

‘निर्वाचनमा विजयका लागि द्विविधा छ भन्ने नठान्नु भए हुन्छ । हामी विजय प्राप्त गर्छौँ,’ पोखरेलले भने, ‘त्यसको आधार भनेको हामीले अघि सारेका विचारहरु, विगतमा गरका कामहरु, आगामी योजनाहरुले यो निर्वाचन क्षेत्रका विश्वासका मत प्राप्त गर्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?