धनगढी । नेपाली कांग्रेसका दुई नेताले कैलाली–५ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कैलाली–५ का संविधानसभा सदस्यसमेत रहेको पुष्करनाथ ओझाले प्रतिनिधिसभा र कांग्रेस महाधिवेशन प्रतिनिधि क्षितिज भण्डारीले क्षेत्र नम्बर–५ (ख) का लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।
दुई नेताले कैलाली–५ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् । पुष्करनाथ ओझालाई कांग्रेसले कारबाही गरेको छ । कैलाली–५ मा गठबन्धनबाट नेपाली कांग्रेसका नेता डिल्लीराज ओझा र एमालेबाट नारदमुनि राना उम्मेदवार छन् ।
मंसिर ४ मा हुने चुनावमा कैलाली–५ का मतदाताको स्वाभिमान र आत्मसम्मानको रक्षा गर्न चुनाव लड्ने पुष्करनाथ ओझाले जनाएका छन् । नेपाली कांग्रेसको राजनीतिमा २०३४ सालदेखि क्रियाशील रहेका ओझालाई कारबाही गरिएको थियो ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट कैलाली–५ को प्रतिनिधि सभाका लागि ईश्वरी विष्टले पनि मनोनयन दर्ता गराएकी छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया