रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

लोकपथ
65
Shares

चितवन । रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोख्रेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् ।

आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतवार उम्मेदवार मनोनयन दर्ता भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?