सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पाएनन् टिकट

लोकपथ
42
Shares

डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी निर्वाचनका लागि टिकट पाउनबाट बञ्चित भएका छन् । मुख्यमन्त्री भट्टले सुरुमा प्रतिनिधि सभाका लागि डोटीबाट टिकट मागेका थिए ।

तर, डोटीमा नेकपा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट पाएपछि भट्टले प्रतिनिधि सभामा टिकट पाउन सकेनन् । मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन् ।

उनले प्रतिनिधि सभा र प्रदेश सभा दुबैतिर टिकट माग गरेपनि नपाउने भएका हुन् । डोटी प्रदेश सभा ‘क’ नेपाली कांग्रेसले भागमा परेको छ । डोटीमा प्रतिनिधिसभा सदस्यको टिकट एकीकृत समाजवादीले पाएपछि डोटीमै रहेका नेपाली कांग्रेसका सुदूरपश्चिम सभापति वीरबहादुर बलायर कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट चुनाव लड्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?