काठमाडौं । नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वारेसबाट उम्मेदवारी दर्ता गराउने भएका छन् ।
आमाको निधनका कारण हिन्दु परम्परा अनुसार काजकिरियामा रहेका पाण्डेले प्रतिनिधि पठाएर उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।
चितवन क्षेत्र नं १ बाट निर्वाचन लड्दै आएका नेता पाण्डेले आगामी निर्वाचनमा पनि सो क्षेत्रबाट उम्मेदवारी दर्ता गराउन लागेका हुन् ।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, ‘आज २३ असोज, प्रतिनिधि सभा र प्रदेस सभा उम्मेदवारीको लागी तोकिएको दिन हो । म आमाको देहावसानको १२ औं दिन का कारण आफु स्वयं उम्मेदवारी दाखिलामा उपस्थित हुन असमर्थ भएको छु र वारेसवाट उम्मेदवारी दाखिला गर्दैछु । पार्टीका सवै नेता, कार्यकर्ता, शुभेच्छुकसंग आज संगै हुनसकिन । २५ गतेदेखि म तपाईंहरुसंगै हुनेछु।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया