कञ्चनपुरमा भत्कियो गठबन्धन : नेकपा एसका दुई मन्त्रीले उम्मेदवारी दिने

लोकपथ
715
Shares

काठमाडौं । कञ्चनपुरमा सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले सत्तारुढ दलहरुसँग मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ । यहाँ गठबन्धन भत्किने संकेत देखिएको छ । गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएपछि गठबन्धन भत्किने संकेत देखिएको हो ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादी छुट्टिएको छ । यहाँका २ प्रदेश सभामा मित्रवत् गठबन्धनका दलहरू बीच छुटिबएर नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचनमा होमिने भएको हो ।

नेकपा एसबाट बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल र निर्वतनमान सामाजिक विकास मन्त्री लालबहादुर खड्काले उम्मेदवारी दिने भएका छन् । रावलले कञ्चनपुरको प्रदेशसभा क्षेत्र नम्बर ३ (क) बाट उम्मेदवारी दिने र खड्काले प्रदेशसभा क्षेत्र २ (ख) मा उम्मेदवारी दिने तयारी गरेका छन् ।

२२ गते भएको सत्ता गठबन्धनको सहमतिमा कञ्चनपुर २ को (ख) मा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा कञ्चनपुर ३ को (क) मा माओवादी र नेकपा एकीकृत समाजवादीको दाबी रहेको थियो ।

तर, ती दुई क्षेत्र कांग्रेस र माओवादीले नछोडेपछि यहाँ नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचनमा होमिन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?