कमल थापालाई समर्थन गरेको विरोधमा एमाले पार्टी कार्यालयमा तालाबन्दी

लोकपथ
195
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको विरोधमा एमालेका कार्यकर्ताले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । केन्द्रले थापालाई समर्थन गर्दा जिल्लाका नेतृत्व मौन बसेको भन्दै आक्रोशित भएका कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

थापा एमालेको चिन्हबाट निर्वाचन उठ्दै छन् । उनले २०७४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार एमालेका कृष्ण दाहालसँग पराजय व्यहोरेका थिए । लामो वर्षयता एमाले र थापाबीच टकराव चल्दै आएकाले यसपाली एमाले पङ्तीले थापालाई खुलेर समर्थन गर्ने सम्भावना न्यून छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?