डुबानको दीर्घकालिन समाधान खोज्ने मन्त्री अथकको प्रतिवद्धता

लोकपथ
28
Shares

बाँके । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले बाढि प्रभावित क्षेत्रको निरिक्षण गरेका छन । अविरल वर्षाका कारण आएको बाढिले पुर्‍याएको क्षतीको जानकारी लिन शनिवार बाँके पुगेका मन्त्री अथकले राप्तीसोनारी गाँउपालिका २ टिकुलिपुरको स्थलगल निरिक्षण गरेका हुन ।

निरिक्षणका क्रममा मन्त्री अथकले तत्काल उद्धार तथा राहत कार्यका जुट्न स्थानिय युवाहरुलाई अपिल गरेका थिए । अविरल वर्षापछि राप्ती नदिमा आएको बाढिका कारण राप्तीसोनारी, नरैनापुर र कोहलुरको जनजिवन नराम्रोसँग प्रभावित भएको भन्दै मन्त्री अथकले राहात तथा उद्धारमा जुटन अपिल गरेका हुन ।

बाँके क्षेत्र नम्बर १ का सांसदसमेत रहेका मन्त्री अथकले राहात र उद्धारको कामलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई समेत निर्देशन दिएका छन । बाढि प्रभावित क्षेत्रको स्थलगत निरक्षणपछि केन्द्र सरकारको तर्फबाट प्रभावितहरुका लागि ठोस राहत घोषणा गर्न पहल गर्ने बताउँदै मन्त्री अथकले त्यस क्षेत्रको डुबान समस्या समाधानका लागि दिर्घकालीन रणनिति बनाउन संसदमा लगातार कुरा उठाउँदै आएको बताए ।

दिर्घकालिन रूपमा डुबानको समस्या समाधानकालागि केन्द्रीय स्तरबाटै योजना बनाएर छिट्टै समस्या समाधानको उपाय खोजिने बताउँदै मन्त्री अथकले डुबानमा परेका स्थानियहरुलाई आवश्यक सबै प्रकारको सहयोग गर्न स्थानिय पालिकाका प्रमुख तथा स्थानिय प्रशासनलाई निर्देशन दिएका हुन ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् निवर्तमान लुम्बिनी प्रदेश सभा सदस्य उषा पुनले राप्ती नदिका कारण भएको डुबान तथा कटान समस्या बारे राप्ती सोनारीका विभिन्न वडाहरुमा पुगि जानकारी लिएको बताईन । उनले बाढिका कारण जनता भयावह अवस्थामा रहेको भन्दै उद्धार र राहातमा ध्यान दिन स्थानिय प्रशासनलाई आग्रह गरीएको बताईन । उनले राप्ती नदिको दुवैतर्फ पक्कि तटबन्ध निर्माण गरेर मात्रै जनतालाई बाढिबाट बचाउन सकिने भन्दै त्यसतर्फ ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरिन ।

राप्ती नदिका कारण राप्ती सोनारी गाँउपालिकाका ६ वटै वडाका धेरैजसो बस्ती जलमग्न भएका छन् । डुबान क्षेत्रमा घरभित्र पानी पस्नुका साथै धानबालीमा समेत क्षती पुगेको छ । त्यसैगरी नरैनापुरका बनिया गाउँ, रोशनपुरवा, महतिनिया, बहावपुरवा, गिगली, रतैया, कोटिया, कोदीपुर र पचपेडवा, घोडदौरिया, पंडितपुरवा, जमुनहालगायत धेरै बस्ती डुबानमा परेका छन् । कतिपय बस्ती दक्षिण सीमा नजिकै भारतले निर्माण गरेको सडकका कारण पानीको प्राकृतिक प्रवाह रोकिँदा डुबानमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?