प्रदीप पौडेल काठमाडौं–५ बाट चुनाव लड्दै, केहीबेरमा मनोनयन दर्ता गर्ने

लोकपथ
301
Shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल काठमाडौं क्षेत्र नं ५ बाट चुनाव लड्ने पक्का भएको छ ।

यसअघि तनहुँ क्षेत्र नं २ बाट संघीय चुनाव लड्ने भनिए पनि पार्टीको समिकरण मिलाउँदा काठमाडौं क्षेत्र नं ५ बाट चुनाव लड्ने भएका हुन् ।

काठमाडौं क्षेत्र नं ५ बाट चुनाव लड्ने पक्का भएको र केहीबेरमा मनोनयन दर्ता गर्ने तयारी भइरहेको उनी निकट एक नेताले बताए ।

२०७४ निर्वाचनमा तनहुँ क्षेत्र नं २ (क) बाट उम्मेदवार बनेका उनी थोरै मतान्तरसहित पराजित भएका थिए । आगामी निर्वाचनमा सोही क्षेत्रबाट संघमा निर्वाचन लड्ने तयारी गरे पनि पार्टीको समिकरण अनुसार उनी काठमाडौं–५ बाट चुनाव लड्ने भएका हुन् ।
विद्यार्थी राजनीतिको क्रममा लामो समय काठमाडौंमा रहेका कारण पनि सो क्षेत्रमा पौडेललाई सहज भएको कतिपयको बुझाइ रहेको छ ।

कांग्रेस नेता नरहरी आचार्यले लड्दै आएको क्षेत्र भए पनि आचार्य अस्वस्थ भएसँगै २०७४ को निर्वाचनमा सो क्षेत्रबाट डा.प्रकाशशरण महत निर्वाचनमा पराजित भएका थिए ।

सो क्षेत्रमा नेकपा एमालेबाट ईश्वर पोखरेलले चुनाव लड्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?