काठमाडौं । नेकपा एमाले छाडेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् ।
पार्टीले टिकट नदिएपछि शनिबार एमाले छाडेका भुसालले आइतबार पत्रकार सम्मेलन गर्दै आफू स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनलाई पार्टीले टिकट नदिने संकेत गरेसँगै गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनबाट चुनाव लड्न आग्रह गरेका थिए ।
पत्रकार सम्मेलनमा गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई गठबन्धनबाट उम्मेदवार बन्न आग्रह गरे पनि आफू स्वतन्त्र लड्न चाहेको प्रष्ट पारे ।
उनले भने, ‘व्यवहारिक राजनीतिमा जहाँ बढी संभावनाहरु छन्, त्यहीँबाट आफुले उम्मेदवारी दिन लागेको भुसालले बताए । कमरेड प्रचण्डले पनि आग्रह गर्नुभयो । तर मैले स्वतन्त्र भएरै चुनाव लड्न चाहेको बताएँ ।’
उनले शनिबार दिउँसो पार्टी छाडेको घोषणा गरेसँगै मध्यराती गठबन्धनमा छलफल र सहमति गरेर भुसाललाई समर्थन गर्ने बाचा गरेको समेत बताए ।
‘प्रचण्डले गठबन्धनमा प्रधानमन्त्री र माधव कमरेडसँग कुरा गर्नुपर्छ भन्नुभयो । मध्यराती १२ बजे उहाँहरुले मलाई समर्थन गर्ने जनाउनु भयो ।’ भुसालले भने ।
पार्टीमा दम्भ र अधिनायकबादी शैली भएको भन्दै शनिबार दिउँसो भुसालले पार्टीमा नरहने घोषणा गरेका हुन् । यसअघि रुपन्देही क्षेत्र नं १ बाट चुनाव लड्न चाहे पनि एमालेले क्षेत्र नं ३ बाट उठाएको थियो । उनले आगामी निर्वाचनमा भने क्षेत्र नं १ बाट चुनाव लड्नेछन् ।
गठबन्धनबाट सो क्षेत्रमा माओवादी केन्द्रको भागमा परे पनि भुसाललाई समर्थन गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया