काठमाडौं । निर्वाचन आयोग नेपालले आगामी निर्वाचनका लागि समानुपातिकहरुको बन्दसूची सार्वजनिक गरेको छ ।
आयोगले सार्वजनिक गरेको सूची अनुसार ४८ राजनीतिक दलका २ हजार ४३६ जना उम्मेदवारको नामावली सार्वजनिक भएको हो ।
दलहरुले बुझाएको नामको आधारमा आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली कांग्रेसबाट पुरुष तर्फ पहिलो नम्बरमा डा. प्रकाशशरण महतलाई पहिलो नम्बरमा राखेको छ । भने महिलातर्फ अम्बिका बस्नेतलाई पहिलो नम्बरमा राखेको छ ।
नेकपा एमालेले पुरुषतर्फ पहिलो नम्बरमा रघुजी पन्तलाई पहिलो नम्बरमा राखेको छ । भने महिलातर्फ मेनुका कुमरी पोखरेललाई पहिलो नम्बरमा राखेको छ ।
त्यसैगरी नेकपा माओवादी केन्द्रबाट महिलातर्फ समानुपातिकको पहिलो नम्बरमा दुर्गा राई, अजम्बर राई काङमाङ पुरुष आदीबासी जनजातीतर्फ पहिलो नम्बरमा रहेका छन् ।
यता एकीकृत समाजवादीले पुरुषतर्फ पहिलो नम्बरमा डा. गंगालाल तुलाधर र महिलातर्फको पहिलो नम्बरमा पवित्रा घर्तीलाई राखेको छ ।
जनता समाजवादीबाट पहिलो नम्बरमा पुरुषतर्फ प्रकाश अधिकारी र महिलातर्फ रेखा यादव थापा रहेका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुरुषतर्फ समानुपातिकको पहिलो नम्बरमा डा. ढाकाकुमार श्रेष्ठ र महिलातर्फ प्रा.डा चन्दा कार्की रहेका छन् ।
त्यसैगरी राष्ट्रिय जनमोर्चाले समानुपातिकको पहिलो नम्बरमा पुरुषतर्फ रश्मीराज नेपाली र महिलातर्फ पद्मा पण्डितलाई समानुपातिको पहिलो नम्बरमा राखेको छ ।
कुन दलबाट को परे तल सम्पूर्ण विवरण हेर्न सकिन्छ :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया