काठमाडौं । सत्ता गठबन्धनमा भित्रिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधि सभामा ७ र प्रदेश सभामा १६ सीट पाउने भएको छ ।
शनिबार बिहानदेखि प्रधानमन्त्री निवास वालुवाटारमा चलेको छलफलमा ७ र १६ मा सहमति भएको लोसपाका नेता लक्ष्मणलाल कर्णले लोकपथलाई जानकारी दिए ।
निर्वाचन क्षेत्रका बारेमा भने छलफल चलिरहेको उनको भनाइ छ । ‘हामीले प्रतिनिधि सभामा ७ सीट र प्रदेश सभामा १६ सीट पाउने सहमति भएको छ,’ उनले भने ।
सहमतिअनुसार मधेश प्रदेशको सप्तरी २, धनुषा ३, महोत्तरी २, महोत्तरी ३, सर्लाही १, बारा ३, पर्सा १ लोसपाले पाउने भएको छ । त्यस्तै, सप्तरी १, सप्तरी, ३, सप्तरी ४, सिराह १, सिराह २, धनुषा २, धनुषा ४, महोत्तरी ४, सर्लाही ४, रौतहट २, रौतहट ४, बारा १, पर्सा २, पर्सा ३, पर्सा ४ कांग्रेसको भागमा परेको छ । यसैगरी, सिराह ३, धनुषा १, महोत्तरी १, सर्लाही २, सर्लाही ३, रौतहट ३, बारा २, माओवादी कन्द्रको भागमा परेको छ । त्यस्तै, सत्ता साझेदार दल एकीकृत समाजवादीको भागमा भने बारा ४, रौतहट १, सिराह ४ परेको छ ।
तर, सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा हुने भएको छ । साथै, रुपन्देही जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र ३ (१) लोसपाले पाउने सहमति भएको छ ।
जनता समाजवादी पार्टी (जसपा)ले सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गरेसँगै लोसपा गठबन्धनमा इन्ट्री गरेको थियो ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु अनिल झा, शरदसिंह भण्डारी, जितेन्द्रको सहभागी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया