कमल थापालाई एमालेको साथ !

लोकपथ
156
Shares

काठमाडौँ । आगामी मंसिर ४ को निर्वाचनमा एमालेले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सघाउने भएको छ । मकवानपुर १ बाट उम्मेदवारी दिने तयारीमा रहेका थापालाई एमालेको समर्थन प्राप्त हुने भएको हो ।

उसो त अब थापाले एमालेको सुर्य चिन्हबाट चुनाव लड्नेछन् । राप्रपा उच्च स्रोतका अनुसार थापाले भोलि (आइतबार) एमालेको समर्थनमा उम्मेदवारी दर्ता गराउनेछन् ।

यसअघि एमालेले यो क्षेत्रमा रामेश्वर रानालाई उम्मेदवार बनाउने चर्चा चलेको थियो । उक्त चर्चा सुरु भएसँगै थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी आफूलाई समर्थन गर्ने बाटो खुलाएका हुन् ।

स्रोतका अनुसार ओलीसँगको भेटमा थापाले एमालेको सूर्य चिन्हबाट चुनाव लड्ने सहमति जनाएका थिए । साथै, थापाले आफ्नो पार्टी राप्रपा नेपालले गाई चिन्ह पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चले उक्त रित खारेज गरेसँगै थापाको दौडधुप बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?