काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने भन्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई जवाफ दिएकी छिन् ।
शनिबार शाक्यले ओलीलाई फोन गरेर आफू संसदीय राजनीतिबाट बिदा भइसकेको भन्दै चुनाव नलड्ने बताएकी हुन् ।
यसअघि एमालेले उनलाई काठमाडौं क्षेत्र नं ८ बाट उम्मेदवार बनाउने तयारी गरेको थियो । पार्टीको बैठकमा नै आफू उम्मेदवार नबन्ने घोषणा गरेकी उनले नयाँ पुस्तालाई अघि बढाउनुपर्नेमा जोड दिँदै आएकी छिन् ।
उनले आफूले संसदीय राजनीतिको धेरै अभ्यास गरिसकेको भन्दै अब नयाँ पुस्तालाई अघि बढाउनुपर्नेमा जोड दिँदै आइरहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया