आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छोडेर बाबुराम ‘ह्याप्पी’

लोकपथ
77
Shares

काठमाडाैं । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्व सहकर्मी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जितको लागि शुभकामना दिएका छन् ।

आफूले निरन्तर लड्दै आएको निर्वाचन क्षेत्र प्रचण्डलाई छाडेका डा. भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्ड आउने कुराले आफू खुसी भएको समेत बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै डा. भट्टराईले वर्तमान नेपाल राज्यको लिगलिगकोट पर्ने आफ्नो निर्वाचन क्षेत्रमा प्रचण्ड आउनुको ठूलो सांकेतिक महत्व रहेको समेत बताए ।

उनले लेखेका छन्, ‘मैले प्रतिनिधित्व गर्दै आएको गोरखा(२ बाट यसपटक क। पुष्पकमल दाहाल प्रचण्ड प्रत्यासी बन्ने निर्णयको म अन्तर्हृदयैदेखि स्वागत गर्दछु।वर्तमान नेपाल राज्यको उद्गमथलो लिगलिगकोट समेत रहेको यस क्षेत्रबाट वहॉको उमेदवारी निकै ठुलो सांकेतिक महत्वको छ। वहॉको शानदार विजयको हार्दिक शुभकामना !’

२०६४, २०७० र २०७४ मा डा. भट्टराईले गोरखा क्षेत्र नं २ बाट निर्वाचन जितेका थिए । तर आगामी निर्वाचनमा आफू निर्वाचन नलड्ने घोषणा गरेका उनले आफ्नी छोरी मानुषी यमी भट्टराईलाई अघि बढाउने तयारी गरेका छन् । माओवादीको चुनाव चिह्नबाट निर्वाचनमा होमिएको उनको दललाई गठबन्धनले काठमाडौंको क्षेत्र नं ७ दिएको छ ।

यता चितवन क्षेत्र नं ३ बाट निर्वाचन जितेका प्रचण्ड आगामी निर्वाचनमा गठबन्धनबाट धोका हुन सक्ने भन्दै सुरक्षित स्थानमा खोजिमा रहेका बेला बाबुरामले आफ्नो क्षेत्र छाडेर प्रचण्डलाई थप सहज बनाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?