बडादसैँको टीका आज पनि लगाइदै

लोकपथ
0
Shares

काठमाडौं । आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् । यो क्रम भोलि पूर्णिमासम्म रहन्छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ ।

साथै दसैँको लागि काठमाडौं छोड्नेहरू फर्कन थालेपछि काठमाडौं उपत्यकाका सडकहरुमा चहलपहल सुरु भएको छ । दसैँको मुख्य दिनहरुमा यहाँका सडकहरू सुनसान भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?