ठूला पार्टीमा अन्तरविरोध हुनु सामान्य : नेता भट्टराई

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले ठूला पार्टीमा अन्तरविरोध हुनु स्वभाविक भएको बताएका छन् । 

सोमबार प्रेस संगठनद्वारा आयोजित शुभकामना आदान प्रसाद कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । 

नेकपाका नेता भट्टराई हाल दशैँ मनाउन गृह जिल्ला ताप्लेजुङ पुगेका छन् । उनले दशैँ तिहारको पूर्व सध्यामा आयोजित कार्यक्रममा बोल्दै पार्टीभित्रको विवाद चाँडै मिलाओस् भन्दै शुभकामना दिए ।

‘नेकपाभित्र खिचातानी भइरहेको छ, यस्तो ठूलो पार्टीमा अन्तरविरोध हुनु सामान्य हो’ उने भने । तर, त्यस्ता अन्तरविरोधलाई सम्बोधन गर्ने क्षमता नेतृत्वमा हुनुपर्ने नेता भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?