काठमाडौं । नेपाली कांगे्रसमा पदाधिकारीको संख्या ६ बाट बढाएर १० हुने भएको छ ।
कांग्रेस विधानको मस्यौदामा पदाधिकारीको संख्या बढाउने विषयमा छलफल भइरहेको केन्द्रीय सदस्य एवं विधान मस्यौदा समितिका सदस्य प्रदिप पौडेलले जानकारी दिए ।
पार्टीमा सभापतिका साथै दुई उपसभापति, २ महामन्त्री, ४ सहमहमन्त्री र १ कोषाध्यक्ष रहनेगरि १० सदस्यीय पदाधिकारी रहने नेता पौडेलको बताए ।
पार्टीको १४ औँ महाधिवेशमा पदीय व्यवस्थापन गर्न कांग्रेसले पदाधिकारीको संख्या थप्न लागेको हो ।
कांग्रेसमा प्रदेश प्रतिनिधित्व हुनेगरि ७ सहमहामन्त्रीको अवधारणामा समेत छलफल उठेको छ ।
शनिबार कांग्रेस नेता चक्रप्रसाद बास्तोकाको निधनका लागि पार्टीका सम्पूर्ण कार्यक्रम स्थगित भएपछि दशैँ पछि मात्र मस्यौदामा सहमति खोजिने कांग्रेस नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया