खानामा लापरबाही गर्दा फूड पोइजनिङ भयो ? घरमै यसो गर्नुस्

लोकपथ
494
Shares

काठमाडौं । चाडबाडको समयमा अझ दसैंको समयमा पारिवारिक जमघट त हो नि भनेर जथाभावी खाँदा र आवश्यक भन्दा बढी खाँदा यो बेला धेरै मानिस बिरामी पर्छन । अझ कतिपयले त यो दसैंमा खाने हो भनेर महिनौंदेखि खानेकुरा जोहो गरेर राखेका हुन्छ । यस्ता खानेकुराबाट फूड पोइजनिङको जोखिम उच्च हुने गरेको छ ।

खानामा हुने संक्रमणलाई फुड पोइजनिङ भनिन्छ । गर्मी मौसममा फूड पोइजनिङको समस्या बढी देखिने गरेको छ । तर, चाडबाडमा गरिने असन्तुलित खानाको सेवनले पनि फुड पोइजनिङ हुन सक्छ ।

फूड पोइजनको लक्षण

फूड पोइजनले पेट तथा आन्द्रामा असर गर्छ । पोइजनका कारण वाकवाकी आउने, वान्ता हुने, डाइरिया हुने हुन्छ ।

त्यस्तै ज्वरो आउने, पेट दुख्ने, रिंगटा लाग्ने, थकाइ लाग्ने, कमजोर महशुस हुने पनि हुन सक्छ । दिसा र वान्तामा रगत देखिन पनि सक्छ ।

फूड पोइजनबाट बच्ने हो भने यो दसैंमा प्याकेजिङका खानेकुरा, केमिकलयुक्त र बासी खानेकुरा सकेसम्म नखानु होला । साथै कुनै पनि खानेकुरा धेरै मात्रामा खानु पनि फूड पोइजन उत्पादन गर्नु हो ।

फूड पोइजनिङको घरेलु उपचार विधि

अदुवा चियामा थोरै मह मिसाएर दिनमा कम्तीमा तीनपटक पिउँदा फुड पोइजनिङबाट आराम मिल्छ ।

नरिवल पानी सेवन गर्दा पनि यसले औषधिकै काम गर्छ ।

तुलसीको पातलाई उमालेर मह मिसाएर पिउँदा केही हदसम्म राहत मिल्छ ।

एक टुक्रा लसुन पानीमा राखेर पिउँदा ब्याक्टेरियल संक्रमणबाट मुक्ति पाउन सकिन्छ ।

एक चम्चा जीरा पिसेर खानामा प्रयोग गरेमा फूड प्वाइजनबाट छुटकारा पाउन सकिन्छ ।

फूड प्वाइजनमा स्याउ र केराको सेवन एकदमै लाभदायक मानिन्छ ।

यस्तो बेला पानीको सेवन बढी मात्रामा गर्दा फाइदाजनक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?