बास्तोलाको पार्थिक शरीरमा कांग्रेस सभापति देउवाले दिए अन्तिम श्रद्धाञ्जली

काठमाडौं । कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको पार्थिक शरीर यतीखेरि पार्टी कार्यालय सनेपामा राखिएको छ । 

शनिबार राति निधन भएका नेता बास्तोलाको पार्थिक शरीरमा विभिन्न दलका नेताहरुले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंकार गरिँदैछ । 

पार्टी कार्यालयमा बास्तोलाको पार्थिव शरीरमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला, नेता रामचन्द्र पौडेल लगायत नेकपाका नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, विभिन्न पार्टीका सांसद र अन्य नेता कार्यकर्ताहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् । 

२०६९ पुस १४ गते विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत थिए ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?