प्रदेश ३ को राजधानी अन्यत्र सारे नाकाबन्दी गर्ने कांग्रेस नेताको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ३ को राजधानी हेटौँडा भन्दा अन्यत्र सारे नाकाबन्दी गर्ने चेतावनी दिएको छ । 

शनिबार हेटौँडामा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति एवं प्रदेश सांसद इन्द्रबहादुर बानियाँले राजधानी हेटौँडा भन्दा अन्यत्र सारे नाकाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

‘संघीयताको अभ्यास गर्ने अनि राजधानी घरको आँगनमै लैजानुपर्ने’ उनले भने, ‘प्रदेश ३ को राजधानी हेटौंडामै कामय हुनुपर्छ ।’ 

त्यस्तै सत्तापक्ष दलका नेतृ कुमारी मोक्तानले राजधानी हेटौंडाबाट अन्यत्र लैजानका लागि चलखेल भइरहेको बताइन् । 

‘प्रदेश ३ को राजधानीको लागि हेटौँडा अनुपयुक्त भएको भन्दै अहिले राजधानी अयन्त्र सार्ने प्रयास भइहेको छ’ उनले भनिन्, ‘हामी त्यसलाई रोक्नका लागि जे नि गर्न तयार छौँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?