७७ वटै जिल्ला प्रशासनमा ज्ञापन पत्र बुझाउने कांग्रेसको कार्यक्रम स्थगित

काठमाडौं । नेपाली कांग्रेसले मूल्यवृद्धि नियन्त्रणको माग गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम स्थगित गरेको छ । 

आइतबार पार्टी नेता तथा पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएपछि कांग्रेसले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेको हो । 

मुख्यसचिव पौडेलले ज्ञापनपत्र बुझाउने कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।  

लामो समयदेखि अस्वस्थ्य रहँदै आएका कांग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको शनिबार राति ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा निधन भएको थियो । 

२०६९ पुस १४ गते विराटनगरको बन्धु भेलामा सहभागी हुने क्रममा ब्रेन अट्याक भएका बास्तोला त्यसयता अचेत थिए ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?